20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

बलेफी हाइड्रोपावरको आईपीओ साढे ७ गुणा बढीले ओभरसब्सक्राइब्ड

spot_img

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बिहीबारसम्म साढे ७ गुणा बढीले ओभरसब्साइक्रब्ड भएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ हिजो चैत १६ गतेबाट निष्कासन गरेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको छ।

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ।

बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउँछन्।

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ६२ हजार ५७५ आवेदकबाट कुल १ करोड २६ लाख १ हजार ५१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७।५७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परिसकेकोले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ६६ हजार ३४५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये थप ३ जनाले १–१ कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

- Advertisement -

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द चैत २१ गते हुनेछ।

यसअघि बलेफी हाइड्रोपावरले आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयका लागि गत माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ।

कम्पनीले पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको थियो।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।

बलेफी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img