14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, २० लाख बढी आवेदकको हात खाली

spot_img

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बिहान बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो।

बलेफी हाइड्रोपावर गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ। बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार यो आईपीओमा २१ लाख ७१ हजार ७४० आवेदकबाट २ करोड ४४ लाख ७१० कित्ता सेयर माग भएको थियो। तीमध्ये २१ लाख ६८ हजार १०० आवेदकबाट माग भएको २ करोड ४३ लाख ५८ हजार ५३० कित्तामात्रै सदर भएको छ। तीमध्ये ३ हजार ६४० आवेदकबाट माग भएको ४२ हजार १८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख ६६ हजार ३४५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्ताभन्दा बढी सेयर माग गर्ने ३ आवेदकले थप १–१ कित्ता सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा २० लाख १ हजार ७५५ आवेदकको हात खाली भएको छ।

यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै सार्वजनिक गरिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई लिमिटेडको वेबसाइट, सीडीएससीको मेरो सेयर र सीडीएससीकै https://iporesult.cdsc.com.np मा गएर हेर्न सकिने।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img