20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

बाँकेमा जनता समाजवादी पार्टीद्वारा गठबन्धन नगर्ने निर्णय

spot_img

नेपालगञ्ज, जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमासमेत पठाई सकिएको जनाइएको छ ।

जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताए ।

उनले यी चारवटा पालिका मध्ये नरैनापुरमा गत निर्वाचनमै विजय प्राप्त भएको तथा अन्य तीनवटामा पनि निकै कम मतले पार्टीका उम्मेदवार पारजित भएपछि सोही समयबाट निर्वाचनको तयारी गरेको हुँदा ती पालिकामा कसैसँग गठबन्धन नगर्ने निर्णय गरिएको बताए ।

सत्तामा रहेका दलहरुविच स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने कुरा सबै ठाउँमा लागू हुन नसक्ने जनाउँदै स्थानीयस्तरमा सबै दल तयार भए मात्रै गठबन्धन गर्नुपर्ने जसपा बाँकेको ठहर छ ।

काँग्रेस र माओवादीको दावीले पनि गठबन्धमा समस्या

नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकामा गत निर्वाचनमा निकै कम मतले पराजित भएकाले यस पटक काँग्रेसले ती दुबै पालिका नछाड्ने अडानमा छ । माओवादी केन्द्रले पनि कोहलपुरलाई कुनै पनि हालतमा नछोड्ने अडान बनाएको छ ।

यसैगरी, काँग्रेसले गत निर्वाचनमा जितेको राप्तीसोनारीमा पनि यस पटक माओवादीको बलियो दावी छ । दुबै दलका यी दावीले पनि गठबन्धन हुनेमा शंका उत्पन्न गरेको छ ।

यद्यपि केन्द्र र लुम्बिनीमा रहेको पाँच दलको गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img