14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

बाइडेन र मोदीबीचको भर्चुअल भेट आज, युक्रेनसहित केही महत्वपूर्ण विषयमा छलफल हुने

spot_img

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ । एक महिनापछि फेरि बाइडेन(मोदीले कुराकानी गर्न लागेका हुन् ।

गत महिना मात्र यी दुई नेताबीच भेटवार्ता भएको थियो । बाइडेन र मोदीबीचको भेटमा दक्षिण एसियामा देखिएको पछिल्लो घटनाक्रम र साझा चासोका साथ हेरिएको विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई नेताबीच कोरोना महामारी, जलवायु संकट, विश्वव्यापी अर्थतन्त्रलगायत विषयमा कुराकानी हुनेछ ।

ह्वाइट हाउसका अनुसार बाइडेनले मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउनेछन् । साथै, रुस–युक्रेन युद्धले विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावबारे पनि छलफल हुनेछ ।

रुस र युक्रेनबीच भारतको अडानप्रति अमेरिकाले पहिले नै आपत्ति जनाएको छ । अमेरिका भारतले रुससँगको सम्बन्धलाई सीमित गरोस् भन्ने चाहन्छ ।

भारतले रुससँग तेलको व्यापार जारी राखेको छ । अमेरिकाले भने त्यसको समस्या भोगिरहेको छ । भारतले यो सम्बन्धलाई निरन्तरता दिएमा मूल्य चुकाउनुपर्ने अमेरिकाले चेतावनी दिइसकेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img