Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

बार निर्वाचनको मतगणना जारी, अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौं, नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।

घिमिरेले हालसम्म गणना भएकामध्ये ९ सय ५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४ सय ४७ मत प्राप्त गरेका छन् ।

नेपाल बार एसोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ ।

तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ८ सय १३ र केदारप्रसाद कोइरालाले ५ सय ३१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भरतबहादुर राउतले ८ सय ७० र जगतबहादुर कार्कीले ४ सय ८६ मत प्राप्त गरेका छन् ।

मङ्गलबार बिहानदेखि मतगणना सरु भएको थियो भने बेलुका स्थगित गरेर आज ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिएको हो ।

बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७ सय ८ मतदाताले मतदान गरेका थिए ।

त्यसमध्ये उपत्यकामा पाँच हजार ७ सय र उपत्यकाबाहिर तीन हजार ५ सय मतदाता रहेका थिए । सात हजार ४ सय २९ मत मात्र खसेको थियो ।

रासस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *