14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

बार निर्वाचनमा एमाले निकट कानून व्यवसायीका तर्फबाट विष्णुमणि अधिकारी उम्मेदवार

spot_img

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि एमाले निकट कानून व्यवसायी संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन )पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ।

पीपीएलएले अध्यक्षसहितको प्यानल घोषणा गरेको हो। जसमा उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमिल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन्।

बार चुनानमा एमाले र सत्ता गठबन्धन निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ।

गठबन्धनले नेपाली कांग्रेस निकट गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बार नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img