13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

बार निर्वाचनमा सत्ता गठबन्धनबाट गोपालकृष्ण घिमिरे अध्यक्षका उम्मेदवार

spot_img

काठमाडौं- कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सत्ता गठबन्धनको प्यानलले गोपालकृष्ण घिमिरेलाई अध्यक्षको रुपमा अघि सार्ने भएको छ।

डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं नेपाली कांँग्रेसको १४ औं महाधिवेशनमा प्रमुख निर्वाचन आयुक्त घिमिरेको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकटका कानून व्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रने भएका हुन्।

सत्तारुढ गठबन्धनका दलहरु निकटका कानुन व्यवसायीहरुले पदमा ‘भागबण्डा’ मिलाएर उम्मेदवारी दर्ता गर्ने सहमति गरेका हुन् ।

यस्तै, नेकपा एमाले निकट कानून व्यवसायीहरुको अर्को प्यानल बन्ने भएको छ। बारमा लोकतान्त्रिक पक्षका कानुन व्यवसायीहरुको बाहुल्यता रहँदै आएको छ।

गठबन्धनको प्यानलमा कांँग्रेस निकट कानून व्यवसायीले बारको अध्यक्ष पाउने सहमति भएको छ भने माओवादी केन्द्र निकट कानून व्यवसायीले महासचिव र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने सहमति भएको छ।

अध्यक्ष पदका लागि नेपाली कांँग्रेस निकट कानून व्यवसायीका तर्फबाट बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेल र गोपालकृष्ण घिमिरे आकांक्षी देखिएका थिए।

बारको २५ सदस्य कार्यसमितिमा कांँग्रेस निकट कानून व्यवसायीहरुले अध्यक्ष, कोषाध्यक्षसहित १५, माओवादी केन्द्र र एकिकृत समाजवादीले १०/१० सिट पाउने सहमति भएको छ।

महासचिवमा अन्जिता खनाल माओवादी र बागमती प्रदेशको उपाध्यक्षमा हर्क रावल एकीकृत समाजवादी निकटका कानून व्यवसायीले उम्मेदवारी दिने छन्।

- Advertisement -

बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ। २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गरिने छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img