13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

बालुवाटारमा आज ओली समुहको संसदीय दलको बैठक

spot_img

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समुहको आज संसदीय दलको बैठक बस्दैछ । ओलीलाई संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल पक्षले शुक्रबार हटाएर पुष्पकमदल दाहाल (प्रचण्ड)लाई संसदीय दलको नेतामा चयन गरेका थिए ।

ओलीलाई हटाएको भोलिपल्ट आज (शनिबार) ओली समुहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास (बालुवाटार)मा बस्ने भएको हो ।

आफ्ना पक्षमा प्रचण्ड-नेपाल पक्षले १११ सांसद रहेको दाबी गरेको छ भने ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गर्दै आईरहेको छ ।

प्रधानमन्त्री ओलीले आज बस्ने आफ्नो संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि आउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए । ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा निमन्त्रणा गरेका हुन।-दृष्टिबाट

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img