13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

बुन्डेस लिगामा बायर्नको शानदार जीत

spot_img

एजेन्सी, जर्मन बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले सहज जीत निकालेको छ । गएराति सम्पन्न खेदमा उसले घरेलु टोली अर्मिनिया बेलिफिल्डविरुद्ध ३–० को जीत निकालेको हो ।

खेलको दशौँ मिनेटमा ज्याकोब लाउरसेनको आत्मघाती गोलमार्फत बायर्नले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा सेर्जी जिनाब्रीले बायर्नको अग्रता दोब्बर बनाए ।

८४ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–० को जीत सहज दिलाए । जीतसँगै शीर्ष स्थानको बायर्नले ३० खेलमा ७२ अंक जोड्दा पराजित अर्मिनिया समान खेलबाट २६ अंकका साथ १७ औं स्थानमा छ ।

लिग अन्तर्गत कै अन्य खेलमा युनियन बर्लिनले फ्रान्कफुर्टमाथि २–० तथा लाइप्जिग लिभरकुसेनमाथि १–० को जीत निकाल्दा होफिनहेमले ग्रेउथर फुर्थसँग गोलरहित बराबरी खेल्यो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img