काठमाडौं, भक्तपुरको ऐतिहासिक र सांस्कृति चर्चित बिस्का जात्रा आइतबार सुरु भएको छ। बिस्का जात्रामा लिङ्गो ठड्याउने तथा रथ तान्ने कामका लागि हजारौं भक्तजन सहभागी हुने गरेका छन्।
भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सफलरुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताए ।
जात्रा अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्नेमा उनले जोड दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता जनाए ।
जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको सहयोग उनको विश्वास छ।