20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

भक्तुपरमा हुने भयो एमाले, नेमकिपा र गठबन्धनको त्रिपक्षीय भिडन्त

spot_img

काठमाडौं- संघीय संसदमा दुई निर्वाचन क्षेत्र तथा चारवटा नगरपालिका रहेको भक्तपुर जिल्ला प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल मजदूर किसान पार्टी (नेकमिपा)को पकड क्षेत्र रहँदै आयो।

२०६४ यता भने एमालेले पनि भक्तपुरमा आफ्नो प्रभाव बढाएको छ। पुरानो विरासत बोकेको नेपाली कांँग्रेस पनि भक्तपुरे राजनीतिमा शीर्ष दल बन्न संघर्षरत छ।

राष्ट्रिय राजनीतिमा तेस्रो शक्ति रहेको माओवादी भक्तपुरमा भने पाँचौं शक्तिमा पर्छ। माओवादी त्यहाँको स्थानीय तहमा राप्रपाभन्दा पनि कमजोर अवस्थामा छ।

स्थानीय निर्वाचन २०७९ को रौनक भक्तपुरमा पनि चढिसकेको छ। पार्टीहरूले टोल–टोलमा भेला गर्नेदेखि सरसफाइ कार्यक्रम गर्दै चुनावी माहोल बनाइरहेका छन्।

भक्तपुरमा एमाले, पाँचदलीय गठबन्धन र नेमकिपाबीच भिडन्त हुने निश्चित भएको छ। यद्यपि गठबन्धनबाट कुन नगर कसको भागमा पर्ने टुंगिसकेको छैन। कांँग्रेसले तीनवटा नगरपालिकामा दाबी गरेको छ।

यस्तै एकीकृत समाजवादी र माओवादीले पनि एक–एक नगर दाबी गरिरहेका छन्। माओवादीले मध्यपुर ठिमीमा नगरप्रमुख र बाँकी सबै नगरमा तीन–तीन वटा वडा दाबी गरेको छ।

एमालेबाट चाँगुनारायणकी उपमेयर विना बास्तोलाले यसपटक मेयरमा दाबी गरेकी छिन्। सूर्यविनायकका वासुदेव थापा र मध्यपुर ठिमीका मदनसुन्दर श्रेष्ठले पुनः मेयरले उमेदवारी दोहोर्याउने इच्छा गरेको एमाले भक्तपुर अध्यक्ष वचन देउजाले बताए।

यस्तो छ आँकडा

- Advertisement -

२०७४ को स्थानीय, प्रदेश तथा संघीय संसदको निर्वाचनमा एमालेकै वर्चश्व देखिन्छ। वडा तहसम्म एमालेको बलियो संगठन रहेको छ। २०७४ को निर्वाचनमा तीनवटा नगर प्रमुखमा एमाले विजयी रह्यो। यस्तै दुई उप्रमुखसहित ७९ वडा जितेर एमाले भक्तपुरको पहिलो दल बन्यो।

भक्तपुर नगरपालिकामा भने नेमकिपा नै बलियो रहेको छ नेमकिपाबाट निर्वाचित मेयर सुनिल प्रजापतिले २५ हजार ७३० मत ल्याउँदा एमालेका विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८ तथा कांँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६० मतमात्र मत ल्याए। राप्रपाका रविकृष्ण श्रेष्ठले ९ सय १५ मत ल्याए। पुरानो बजार क्षेत्रमा नेमकिपा निकै बलियो मानिएको छ।

भक्तपुरका चार स्थानीय तहको अवस्था यस्तो छ

भक्तपुर नगरपालिकाः नेमकिपाको मुख्य पकड क्षेत्र। मेयर, उपमेयर र अघिकांश वडाध्यक्ष नेमकिपाबाट निर्वाचित। नेमकिपापछि नेपाली कांँग्रेस बलियो।

चाँगुनारायण नगरपालिकाः मेयर, उपमेयर एमालेबाट निर्वाचित। एमाले र कांँग्रेसको मुख्य प्रतिस्पर्धा हुने तह। कांँग्रेसले पार्टीलाई एक नम्बर बनाउन काम गरिरहेको क्षेत्र।

सूर्यविनायक नगरपालिकाः मेयर, उपमेयर एमालेबाट निर्वाचित। एमाले बलियो मानिएको क्षेत्र।

मध्यपुर ठिमी नगरपालिकाः मेयर एमालेबाट र उपमेयर कांँग्रेसबाट निर्वाचित। कांँग्रेस, एमाले र नेमकिपा, माओवादी क्रमशः यस क्षेत्रका ठूला पार्टी। बसाइँसराइबाट आएका नयाँ मतदाताको संख्या धेरै।

यसपटक कसले बाजी मार्ला ?

तल्लो तहमा नेमकिपाको प्रभाव बढी भए पनि भक्तपुरमा कुनै एउटै दलको वर्चश्व नरहेको बताउँछन् राप्रपा भक्तपुरका पुराना नेता दिनेश श्रेष्ठ। श्रेष्ठका अनुसार बजार क्षेत्र ९भक्तपुर नगर० मा नेमकिपाकै सम्भावना प्रबल छ।

यस्तै सूर्यविनायक र ठिमीमा एमाले बलियो छ भने चाँगुनारायणमा एमाले र कांग्रेसको भीडन्त पर्नेछ। राप्रपा ९लिङ्देन समूह० कांँग्रेससँग तालमेल गरेर अगाडि बढ्दैछ।

‘हामीले २०७६ मंसिरमा कांँग्रेससँग लिखित सहमति गरेका थियौं,’ आफ्नो पार्टीबारे नेता श्रेष्ठले भने, ‘कांग्रेसले अरु कोकोसँग गठबन्धन गर्यो हामीलाई पर्वाह छैन। हामी पुरानो सहमतिमा रहेर चुनावमा जान चाहन्छौं। सहमित तोडिए जिल्लाभरि एक्लै लड्नेछौं।’

कांँग्रेस सभापति दुर्लभ थापा (भक्तपुर) भने एमालेसँग कांँग्रेसको भीडन्त हुने कुरालाई प्रमुख विषय मान्न नहुने बताउँछन्। एमालेले साम, दण्ड भेदसहित अनावश्यक शक्ति प्रदर्शन गरे पनि त्यसले भक्तपुरको कांग्रेसलाई केही प्रभाव नपर्ने उनी बताउँछन्।

‘एमालेले यसपटक सकेको जति सबै हतकन्डा अपनाउनेछ। तर, गठबन्धनसँग भिड्न उसलाई निकै गाह्रो पर्नेछ। संसदीय निर्वाचन जित्दैमा स्थानीत तह पनि उसैले जित्ने कुरा आउँदैन,’ सभापति थापाले भने।

एमाले अध्यक्ष वचन देउजा भने गठबन्धन जति ठूलो भए पनि एमाले एक्लै भिड्न तयार रहेको बताउँछन्। साना दल तथा स्वतन्त्र उमेदेवारसँग एकता गररेर गठबन्धनसँग भिड्ने तयारीमा एमाले रहेको छ।

‘गठबन्धन गर्दा कांग्रेस, माओवादी बलियो देखिएको हो। यद्यपि भक्तपुरको जनमत हाम्रो पक्षमा हुनेछ भन्ने आत्मविश्वास लिएका छौं,’ देउजाले भने।

नेमकिपा भक्तपुर अध्यक्ष सुरेन्द्रराज गोसाईं भने स्थानीय जनताको मन जितेको हुनाले नेमकिपालाई जनतामाझ जान सजिलो भएको बताउँछन्। ‘

हामीले आफ्नो कामबाट स्थानीय शासनको सही अभ्यास गरेको हुनाले एक्लै निर्वाचन होमिन केही गाह्रो पर्दैन। भक्तपुरका जनताले हामीलाई राम्रोसँग चिन्छन्,’ गोसाइँले भने ।

भक्तपुर माओवादी इन्चार्ज दिलिप प्रजापति भने गठबन्धनको सहमतिअनुसार नै निर्वाचन तयारीमा जुट्ने बताउँछन्। ‘हामीले एउटा नगरप्रमुख र वडाअध्यक्षमा दाबी गरेका छौं। माओवादीको संगठन बलियो भएको ठाउँमा हामी पछि हट्ने कुरै आउँदैन,’ इन्चार्ज प्रजापतिले भन्छन्।

मतदाता दलभन्दा माथि उठ्न सकेका छैनन्

योगेन्द्रमान विजुक्छे, अधिकारकर्मी भक्तपु

भक्तपुर भन्नेबित्तिकै नेवाः समुदायको बाहुल्य भएको जिल्ला हो। अहिले देशभरिका मानिस बसाइँसराइ गरेर यहाँ बस्न आएका छन्। यिनै मिश्रित मतदाताको भरमा भक्तपुरको निर्वाचन हुँदै आएको छ।

यद्यपि अरू ठाउँको जस्तै यहाँ पनि दलगत मनोविज्ञान हाबी छ। नागरिक दलभन्दा माथि उठेर सोच्न–बुझ्न सक्ने अवस्थामा छैनन्। केही नयाँ मतदाताले भने स्वतन्त्र उठेका उम्मेदवार र युवालाई भोट दिए पनि बहुसंख्यकले राजनीतिक दलका स्थानीय नेतालाई नै भोट दिन्छन्।

भक्तपुर बजारमा नेमकिपा र अन्य स्थानमा एमाले, कांँग्रेसकै मुख्य भिडन्त हुने देखिन्छ। नेमकिपाको काम गर्ने शैली अन्य दलको भन्दा फरक भएकाले उसलाई एमाले, कांग्रेससँग तुलना गर्न मिल्दैन।

यसअघिका स्थानीय निर्वाचन र संसदीय निर्वाचनकै दाँजोमा यसपटको नतिजा आउने सम्भावना देखिन्छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img