14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

भदौ ३ गते ‘प्रेमगञ्ज’ आउँदै

spot_img

काठमाडौं- फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले २०७९ भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरेको हो।

फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन्। तेज पेसाले बैंकर हुन्। फिल्ममा सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।

फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिने निर्माण युनिटले जानकारी दिएको छ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो।

यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img