14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

भरतपुरमा सोमबारबाट सञ्चालनमा आउने भयो २८ सय टन क्षमताको शीतभण्डार

spot_img

भरतपुर, भरतपुर महानगरपालिका–१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीतभण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीतभण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ ।

१४ सय टन क्षमताको रुममा किसानले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । शीतभण्डारको अण्डरग्राउण्डमा दूध तथा मासुजन्य फोरजनका सामान भण्डारण गर्न सकिनेछ ।

चितवन चनौली शीतभण्डार सहकारी संस्थाले पाँच तला भएको शीतभण्डार निर्माण गरेको हो । शीतभण्डारमा किसान र व्यापारीले आवश्यकताअनुसार कृषिजन्य उत्पादन भण्डारण गरेर राख्न पाउने सहकारीका अध्यक्ष सूर्यमणि पौडेलले बताए ।

‘कृषिजन्य उत्पादनले मूल्य नपाएर किसानले आफूले लगाएका उत्पादन फाल्नुपर्ने अवस्था थियो,’ उनी भन्छन्, ‘आफ्ना उत्पादनले बजार नपाएको अवस्थामा किसानले अब शीतभण्डारमा भण्डारण गरेर बेमौसममा बिक्री गर्न पाउने भएका छन् । यसबाट किसान लाभान्वित हुनेछन् ।’

शीतभण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ ।

शीतभण्डारको संरचनामा स्टिलको प्रयोग गरिएको छ । आवश्यकताअनुसार चिसोपना कायम गर्न मिल्ने पप प्यानल इन्सुनेटेडको प्रयोग गरिएकाले यो शीतभण्डार देशकै नमुना शीतभण्डार भएको उनले दाबी गरे ।

दुईवटा लिफ्ट, फोरजनजन्य सामान भण्डारण गर्ने दुई सय टन क्षमताको दुईवटा कोल्ड रुम र मोज्याक टायललगायतका पूर्वाधार तयार गर्न अझै बाँकी रहेको पौडेलले बताए ।

यी पूर्वाधार तयार गर्न करिब दुई करोड लाग्ने र त्यसका लागि सहकारी विभागसँग सम्झौता हुन लागेको उनले जानकारी दिए ।

- Advertisement -

शीतभण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो । नौ वर्षको अवधिमा ५४ वटा सहकारी संस्थालाई एकीकृत गर्दै एक हजार तीन जना सेयर सदस्य पुर्‍याइएको उनले बताए ।

शीतभण्डार निर्माण भएपछि स्थानीय किसान उत्साहित भएका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img