13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

भागबन्डा मिलाउन निर्णायक छलफलमा बस्दै गठबन्धनका शीर्ष नेताहरू

spot_img

काठमाडौ, आज पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने ‘निर्णायक’ बैठकमा सोमबार सहमति जुट्न बाँकी रहेका केही कुरामा छलफल हुने बताइएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक सहमति नजिक पुगेको छ । आजको बैठकले सोमबार भएको निर्णयलाई मुर्तरूप दिने प्रवक्ता कार्कीले बताएका छन् ।

सोमबार महानगर र उपमहानगरपालिकामा बाँडफाँटमा सहमति जुटाउन दुई चरणमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन मिति नजिकिए पनि भागबण्डा मिलाउन ढिलाइ हुँदा गठबन्धनका शीर्ष नेताहरूमा दबाब बढेको छ ।

लगातार निश्कर्षविहीन सकिँदै आएको आजको बैठकले भने निचोड किनाल्नसक्ने आँकलन गरिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img