12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

भागरथीको हत्या आरोपी दिनेश भट्टलाई सुधारगृहमा पठाइयो

spot_img

काठमाण्डौ । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ ।

जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै बुधबार उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो । सरकारी वकिलको कार्यालयले हिजो बिहान अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img