14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

भारतका १७ सय हलहरूमा नेपाली फिल्म ‘प्रेम गीत ३’ लाग्ने

spot_img

काठमाडौं। असोज ७ गते देखि नेपाल, भारत र अन्य देशहरूमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत ३’ भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ ।

हिन्दी भाषामा डबिङ भएको यो फिल्म नेपालमा पनि हिन्दी र नेपाली दुबै भाषमा एकै दिन रिलिज हुनेछ । हालसम्म भारतमा फिल्मको ट्रेलर १७ सयभन्दा धेरै हलमा बजिरहेको छ । फिल्म निर्माण टीमका अनुसार ट्रेलर बजेका सबै हलहरूमा फिल्म रिलिज हुनेछ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की र प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्रिस्टिनाले यही फिल्मबाट डेब्यू गरेकी हुन् ।

हाल फिल्म निर्माण पक्ष यो फिल्मको प्रचारका लागि भारत र नेपालका विभिन्न शहरमा दुई टोली बनाएर प्रचार–प्रसार गरिरहेको छ । भारतमा गायक पवनदीप पनि फिल्मको प्रचारमा हिँडिरहेका छन् । उनले यो फिल्मको हिन्दी भाषाको गीत गाएका छन् । उनी भारतीय गायक हुन् । हिन्दी भाषामा डब भएर भारतमा रिलिज हुने यो पहिलो नेपाली फिल्म हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img