13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

मंगलममय बाल क्लबको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

spot_img

विजयकुमार अधिकारी, १२ फागुन, कमल । झापाको कमल-५, पाडाजुँगीस्थित श्री मंगलमय माध्यमिक विद्यालयमा रहेको मंगलमय बालक्लबको आयोजनामा आज शुक्रबारका दिन सोही विद्यालयको प्राङ्‌गणमा कमल गाउँपालिका स्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगिता उक्त बाल क्लबका अध्यक्ष अर्जुन भट्टराई र सचिव रञ्जना बस्नेतको सक्रियतामा सञ्चालन भएको थियो । उक्त हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थानमा श्री सरस्वती मा. वि., कमल-७, रङपुर, द्वितीय स्थानमा श्री महेन्द्र रत्न मा. वि., कमल-२, समयगढ र तृतीय स्थानमा श्री कमला मदनआश्रित स्मृति मा. वि., कमल-२, क्याम्पा भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाण-पत्र र सम्बन्धित विद्यालयहरूलाई ट्रफी र प्रमाण-पत्र प्रदान गरिएको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img