काठमाडौ, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आज देशभरका मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।
नामावलीमा नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय तोकेको थियो।
एक साताको अवधिमा परेका दावी विरोधपछि सूचीबाट करिब एक लाख मतदाता हटेका छन्। अन्तिम सूचीअनुसार अब एक करोड ७७ लाखभन्दा बढी मतदाता कायम भएका छन्।
आयोगले ७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाताको सूची तयार पारेको हो। आज अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने आयोगले जनाएको छ।
आगामी वैशाख २९ सम्म १८ वर्ष पुगेकालाई भने मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिने तयारी आयोगले गरेको छ।