20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड

spot_img

हेटौंडा, हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड गरेको हो ।

बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको सालिकको शीर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै सालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए ।

त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र सालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रूपमा गरिएको आपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

- Advertisement -

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img