जनकपुर, यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले गत चुनावमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।
सोमबार जनकपुरधाममा बसेको पाँचदलयीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै अन्य पालिकाहरुमा आवश्यक्ता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएको कांँग्रेसका प्रदेश कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए।
मधेश प्रदेशमा १३६ पालिका छन्।