10.2 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

मधेस प्रदेशमा गठबन्धनभित्रकै दलबीच आपसी तालमेल गरेर प्रतिस्पर्धा गर्ने सहमति

spot_img

जनकपुर, मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल गरेको छ ।

३० वैशाखमा हुने निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले विभिन्न चार बुँदे निर्णयहरु गरेका छन् ।

नेपाली कांँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठबन्धन दलका प्रदेश स्तरीय प्रतिनिधिहरुको बैठक बसि निर्णयहरु सर्वसम्मत पारित गरिएको हो ।

सत्ता गठबन्धन दलहरुबीच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन बाहिरका दलसँग प्रतिस्पर्धा रहेको ठाउँमा सत्तारुढ दल अधिकतम लचिलो भई चुनावी तालमेल गर्ने निर्णय गरिएको नेपाली कांँग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले जानकारी दिए ।

उनले गठबन्धन दलहरु भित्रका सबै दल एकजुट हुन नसकेमा गठबन्धनभित्रकै दलहरुबीच आपसी तालमेल गरी चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको जानकारी दिए ।

त्यस्तै, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयसमेत गरिएको उनले बताए । सत्ता गठबन्धन दल बाहिरको दलसँग कुनै चुनावी तालमेल वा गठबन्धन नगर्ने सहमति भएको बताइएको छ ।

मधेश प्रदेशका सम्पूर्ण स्थानीय तहलाई भएका निर्णयहरु कार्यान्वयन गर्न गराउन सत्तारुढ गठबन्धनले अनुरोध गरेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img