11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

मलेसियाविरुद्ध पीएनजी ८ विकेटले विजयी

spot_img

काठमाडौं, कीर्तिपुर मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई ८ विकेटले हराएको छ।

१९७ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले मलेसियाविरुद्ध १९९ रन बनाउँदै ८ विकेटको जीत निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १९६ रन बनाउँदै १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा पीएनजीले दुई मात्र विकेटको क्षतिमा त्यो लक्ष्य पूरा गरेको हो। पीएनजीका टोनी उराले अविजित ८६ रन बनाए भने कप्तान आसाद भालाले पनि अविजित ७४ रन बनाए। उनीहरुले अविजित रहँदै १३७ रनको साझेदारी गरेका हुन्।

ओपनर लेगा सियाका गोल्डेन डगआउट भए भने चार्ल्स अमिनीले २८ रन बनाए। बलिङतर्फ मलेसियाका स्यजरुल एदरुस र मुहम्मद वाफिकले समान १–१ विकेट लिए।

पहिलो पारीमा मलेसियाका लागि कप्तान अहमद फैजले ६३ रन बनाए भने सियद अजिजले सर्वाधिक ६४ रन बनाए। त्यस्तै, जुबाइदी जुल्किफलीले २२ बलमा ४६ रनको योगदान गरे।

पीएनजीविरुद्ध आक्रामक देखिएको मलेसियाका अजिजले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए।

पीएनजीका सबै खेलाडीले धेरै रन खर्चिएका थिए। सबैभन्दा धेरै रन खर्चिनेमा कप्तान आशाद भाला नै रहे। बलर काबुवा मोरियाले भने तीन ओभर बलिङ गर्दै चार विकेट गिराए। चाड सुपर र रिलेय हेकुरेले पनि समान १–१ विकेट लिए।

- Advertisement -

यो जितसँगै पीएनजीले फाइनल पुग्ने आफ्नो सम्भावना कायम नै राखेको छ। अहिलेसम्म मलेसिया र पीएनजीले समान १–१ जित निकालेका छन्। दुवै टिमको समान २(२ अंक छ। तीन जीतसँगै ६ अंक बनाएको नेपाल फाइनलमा पुगिसकेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img