आफ्नो पार्टीको नेतृत्वमा पुग्ने र एक पटक सरकारको बागडोर समाल्ने तिब्र इच्छा राखेका पौडेल आफ्नै समकालीन राजनीति गर्ने शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री , दुई पटक पार्टीको सभापति बनि सक्दा समेत आफुले सो अवसरको छेउछाउ सम्म पुग्ने मौका पाएनन। १३ औं महाधिवेशनले पौडेल लाई कार्यवाहकको तक्मा त् दियो तर देउवासँग पराजित भएपछि उनी झन्डै छ वर्ष पार्टी भित्रै प्रतिपक्षी नेता बनेर रहन विवश भय। देउवाको प्रतिद्वन्दी उमेद्वार हुनु नै अपराध हो कि ! झैँ लाग्ने अवस्थाबाट गुज्रिएका पौडेल आफैंले नेतृत्व गरेको समूहमा सभापतिका दुई जना उम्मेदवार भएपछि पौडेल कहाँ रहन्छन् भन्ने आम कार्यकर्तामा उत्सुकता छ ।
नावालक उमेर काट्ने बित्तिकै राजनीतिमा लागिपरेका रामचन्द्र पौडेल पार्टीभित्रको द्वन्दहरुमा मध्यमार्गी मियोको भूमिकामा सदैव रहे। साठी बर्ष सम्म पार्टीको सक्रिय राजनीतिमा होमिएर पुरै जीवन देश र जनताको निम्ति उत्सर्ग गरेका शालीन व्यक्तित्वोले कहिलै कसैको बिरुद्दमा लागि परेनन्। तत्कालीन पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि पौडेल कार्यवाहक सभापति भए तर मुलुक र आफ्नो दलको कार्यकारी प्रमुखको कुर्शीमा बस्न पाएनन। २०६५ सालमा उनले प्रधानमन्त्रीका लागि सत्र पटक प्रतिस्पर्धा गरेका पौडेलले सत्र पटकसम्म असफल प्रतिस्पर्धामा उत्रिए तर प्रधानमन्त्री बनि सिंहदरबार प्रवेश गर्न पूर्णतः असफल रहे।
२०१७ सालपछि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका रामचन्द्र पौडेल २०४४ सालमा पार्टीको केन्द्रीय सदस्य भएका थिय। त्यसपछि पार्टीको जिम्मेवारी सम्भालने क्रममा क्रमसः महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्मको जिम्मेवारीमा रहेर कुशलतापुर्वक कार्यसम्पादन गरेका निष्ठावान नेताको रुपमा चिनिन्छन। नेपाली कांग्रेसको अब्बल नेताको भूमिकामा रहदा विभिन्न अवसर पाएता पनि समकालीन नेताहरूमा उनी निष्कलंक नेता ठहरिन्छन। २०४८ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर उपस्थितीमा रहेका पौडेलले रास्ट्रिय राजनीति र पार्टी सरकारमा हुदा मन्त्रि बन्न पाउने अवसरहरु पाएका थिय। २०७४ सालको आमनिर्वाचनमा मात्र पराजय बेहोरेका पौडेल २०४८ देखिका हरेक निर्वाचनहरुमा विजयी हुदै आएका स्थापित नेता हुन्। २०५१ को मध्यावधि निर्वाचनपछि सभामुख रुपमा पाँच वर्षको कार्यकाल पुरा गरेर २०५६ को निर्वाचनपछि पौडेल उपप्रधान, गृह र सञ्चारमन्त्री बन्ने अवसर पाए भने २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि उनी शान्ति तथा पुनर्निर्माणमन्त्री भए र अन्ततः २०६५ मा संसदीय दलको नेताको भूमिका सफलता पुर्वक कार्य सम्पादन गरेका अनुभवी नेतामा मानिन्छन। बीपीपछि संगठनभित्रबाट चिन्तन गर्ने समकालीन नेतामा रामचन्द्र पौडेलको नाम अग्रपंतिमा आउछ।
अन्ततः नेतृत्वको जिम्मेवारी लिने र राजनीतिक जिवनमा सम्मान पाउने उमेरमा आइपुग्दा हरेक उपाएले आफुलाई संस्थापन इतर समुहबाट सर्व स्वीकृत उम्मेदवार बनाउने पहलमा असफल भएपछी आफु पार्टी जीवनको प्रतिस्पर्धामा अब नफर्कने सन्देश दिदै यो १४औ महाधिवेशनमा कुनै पदमा नरहने अठोट गरे प्रेस विज्ञप्ति जारि गर्दै भने “‘१४ औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक् प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नैपर्ने अवस्थामा म पुगें,’ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु । लोकतन्त्रको आस्था, मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने अपेक्षा नमेटिएको बताएका छन् । ‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ, प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु “। ’
उता संस्थापन खेमाका सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेर बहादुर देउवा तिनै रामचन्द्र पौडेललाई शनिवार राति उनकै निवाशमा पुगेर भन्छन: ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, रास्ट्रिय राजनीतिबाट बाहिर जाने कुरा तपाई नगर्नुस” ।