20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

महानगर–उपमहानगरका प्रमुख–उपप्रमुख पद भागबन्डा गर्न ‘निर्णायक’ बैठक सुरु

spot_img

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक बसिरहेको हो।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु बैठकमा सहभागी छन्। त्यस्तै पाँचै पार्टीका दोस्रो तहका नेताहरु पनि बैठकमा सहभागी छन्।

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका पाँचदलीय गठबन्धनबीच कहाँ कसरी तालमेल गर्ने भन्ने विषय अझै टुंगिनसक्दा त्यसलाई अन्तिम रुप दिन शीर्षस्थ नेताहरु बैठकमा बसेका हुन्।

यसअघि आइतबार बिहान शीर्ष नेताहरुको र दिउँसो कार्यदलको बैठक बसेको थियो। तर, सहमति भने जुटेन। आजको बैठकबाट महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषय टुंगो लगाउने गठबन्धनको तयारी छ।

दलहरुले महानगर र उपमहानगरमा आ–आफ्नै दाबी प्रस्तुत गरेका कारण हिजोको बैठकमा सहमति जुट्न सकेको थिएन।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाको बाँडफाँड केन्द्रबाट नै टुंगो लगाउने भनिए पनि दलहरुको आ–आफ्नै दाबीका कारण आइतबारको बैठकमा पनि सहमति जुट्न सकेको थिएन।

माओवादीले भरतपुर महानगर र ४ उपमहानगरमा नेतृत्व दाबी गरेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र ३ उपमहानगरको प्रमुख दाबी गरेको छ। जसपाले पनि वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img