12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

महानगर/उपमहानगरको सिट बाँडफाँट आज टुंगो लाग्छ : नेता पुन

spot_img

काठमाडौ, नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज पूर्वस्थायी कमिटीका सदस्य वर्षमान पुन अनन्तले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुंगो लाग्ने बताएका छन् ।

पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन् । दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ ।

नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोशिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिए ।

नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ, महानगरको र उपमहानगरको भने आज टुंगो लाग्छ,’ उनले भने ।

तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर संख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ ।

नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थितरूपमा जनस्तरमा पुर्‍याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img