19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

महाशिवरात्री पर्व पशुपतिनाथ दर्शनमा मास्क अनिवार्य, सम्पुर्ण तयारी पुरा

spot_img

काठमाडौं । महाशिवरात्री पर्वको दिन भोलि (बिहीवार) पशुपतिनाथको दर्शनमा जाने भक्तजनले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने भएको छ । कोरोना संक्रमणको जोखिम अझै रहेकाले यसबाट बच्नका लागि भक्तजनलाई अनिवार्य रुपमा मास्क लागउन पशुपति विकास कोषले आग्रह गरेको हो ।

‘लाखौँको संख्यामा भक्तजन आउने हुँदा कोभिड सम्बन्धी स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । ‘मास्क अनिवार्य रुपमा लगाउनुपर्नेछ नलगाइएको पाइएमा मन्दिर प्रवेश गर्न दिइने छैन ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि गर्नुपर्ने तयारी पनि सबै पूरा गरिसकेको छ । ११ वटा उपसमिति बनाएर महाशिवरात्री पर्व व्यवस्थापनको काम भएको छ ।

भक्तजनको व्यवस्थापन तथा सुरक्षाका लागि सात हजार प्रहरी र सशस्त्र प्रहरी बलबाट तीन हजार सुरक्षाकर्मी गरी १० हजार सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img