काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।