18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

माओवादी केन्द्रीय समिति बैठक बस्दै, एमसीसी विवाद टुंग्याउन कार्यदल बनाउने तयारी

spot_img

काठमाडौ, अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता संसदबाट अनुमोदनमा पार्टी संलग्न भएपछि मतभेद चर्किएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै छ।

शुक्रबार सुरु केन्द्रीय समितिको बैठकको निरन्तरतास्वरूप आज पुनः बस्ने भएको हो। बैठक पहिलो दिन शुक्रबार राष्ट्रिय सभागृहमा बसेको भएपनि आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यसमेत रहेका केन्द्रीय सदस्य गणेश साहले जानकारी दिए।

बैठक बिहान ११ बजे सुरु गर्ने तय भएको उनले बताए। साहका अनुसार आजको बैठकमा पनि एमसीसीका विषयमा छलफल हुनेछ। साथै केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयन पनि बैठकको एजेन्डा रहेको उनले जानकारी दिए।

‘पहिले केन्द्रीय समितिलाई पूर्णता दिने कुरा छ, त्यसपछि सहमति भयो भने पदाधिकारी चयन होला’, पूर्वस्थायी कमिटी सदस्य साहले आइतबार बिहान भने, ‘तर आजै टुङ्गिएला भन्नेमा चाहिँ म आशावादी छैन।’

गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। भोलिपल्ट १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाललाई अध्यक्ष चयन गरेको थियो। तर अन्य पदाधिकारी अहिलेसम्म चयन गर्न सकेको छैन।

आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको हो। २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ।

अब २९९ को १० प्रतिशत हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ।

पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ।

- Advertisement -

तपाईंहरूको पार्टीभित्र एमसीसीले ठूलो विवाद उत्पन्न गराएको छ, पार्टी नै विभाजन हुने हो कि भन्नेसम्मका कुरा बाहिरिएका छन् निरु

‘पार्टी फुट्दैन, नेपालका कम्युनिस्ट पार्टीहरु फुट्ने अवस्थामा छैनन्’, उनले भने, देव गुरुङले भनिसक्नुभयो नि( पार्टीले गरेको निर्णय स्वीकार्नुपर्ने त कम्युनिस्टको संस्कारै हो, बहुमतको निर्णय मान्नुपर्छ भनेर त विधानमै छ नि।’

नेता साह यसकै कारण पार्टी विभाजन नहुनेमा ढुक्क देखिएका छन्। ‘अलिकता शिथिलता ल्याउँछ। विस्तारै भइहाल्छ’, उनले भने, ‘पार्टीमा नोट अफ डिसेन्ट लेख्न त पाइहालिन्छ नि।’

अहिले एमसीसी पारित मात्रै भएको भन्दै साहले यसको कार्यान्वयन गर्ने क्रममा पनि विवाद आउनसक्ने भएकाले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा निर्णय हुन सक्ने संकेत गरे। ‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कमिटी बन्न सक्छ’, उनले भने।

हिजो माओवादी केन्द्रका अध्यक्ष दाहाल र असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच एमसीसीमा फरक मतका विषयमा छलफल भएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img