19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

मिटरब्याज पीडितमाथि कीर्तिपुरमा प्रहरीको धरपकड, ३ घाइते

spot_img

काठमाडौं/  कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले गरेको धरपकडमा ३ जना घाइते भएका छन्। प्रहरीले पीडितहरु सबैलाई पक्राउ गरेको छ।

कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेको ५०/६० जनाको टोलीलाई प्रहरीले रोक्न लाठी चार्ज गरेको पीडितको तर्फबाट संघर्षमा रहेका प्रमोद धितालले नेपालखबरलाई जानकारी दिए।

‘प्रहरीले पैदल यात्रामा निस्केको मिटरव्याज पीडित किसानमाथि व्यापक धरपकड गरेको छ,’ धितालले भने, ‘लाठी चार्जबाट ३ जना घाइते भएका छन्। प्रहरीले हामीलाई अघि बढ्न दिएको छैन।’

अहिले पीडितहरुले प्रहरीको घेरा मै नारावाजी गरेका छन्। आफ्नो माग सुनुवाईमा सरकारले चासो नदिएको, सुनुवाई नगरेको र पीडितलाई न्याय दिलाउन कुनै कदम नचालेको पीडित किसानको गुनासो छ।

एक महिनादेखि मिटरव्याज पीडित किसानहरु माइतीघरमा धर्नामा छन्। उनीहरुले सोमबार किर्तीपुरदेखि काठमाडौंको माइतीघरसम्म हिडेरै आइरहेका थिए। तर, प्रहरीले काठमाडौंमा भिआइपीको भ्रमण हुन लागेको भन्दै आयुर्वेद संस्थानबाट तल जान दिएको छैन।

उसले अबको तीनदिन काठमाडौंमा कुनै धर्ना वा विरोधका कार्यक्रम नराख्न मन्त्रालयले निर्देशन दिएकोले पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई जान नदिने प्रहरीको भनाई छ।

‘मिटर व्याज पीडितहरु आज किर्तीपुरबाट पैदलै माइतीघर पुग्ने तयारी थियो, प्रहरीले भिआइपीको भ्रमण हुन लागेको भन्दै उता अघि बढ्न दिएको छैन, धितालले थपे, ‘अब २/३ दिन कुनै आन्दोलन र विरोध कार्यक्रम हुन नदिने भनेको छ।’

प्रहरीले अनावश्यक धरपकड गरेपछि पीडितहरुले अहिले किर्तीपुर खण्डको बीचमै जाम गरेर प्रदर्शन गरिरहेका छन्। ‘हामीलाई प्रहरीले रोक्यो, अहिले सडक जाम गरेर बसिराखेका छौँ, ५०/६० जना छौँ,’ उनले भने।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img