12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै धनी व्यक्ति

spot_img

एजेन्सी, अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसिया र भारतकै धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० बिलियन डलर पुगेको छ।

योसँगै उनी विश्वकै १० औँ धनी व्यक्ति पनि बनेका छन्। अडानी २.४४ बिलियन डलरले नेटवर्थ बढेर विश्वकै धनी व्यक्तिको सूचीमा १० औँ स्थानमा उक्लिएका हुन्।

यससँगै अडानी १०० अर्ब डलरको नेटवर्थसहित सेन्टिबिलियनियर्स क्लबमा सामेल भएका छन्। १०० बिलियन डलरभन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरुलाई सेन्टिबिलियनर भनिन्छ।

अडानीको कुल सम्पत्ति यो वर्ष अहिलेसम्म २३.५ बिलियन डलरले बढेको छ। शीर्ष १० धनाढ्यको सूचीमा रहेका अन्य सबै व्यक्तिमध्ये अडानीको सम्पत्तिमा यो वर्ष सबैभन्दा बढी वृद्धि भएको छ।

रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी अब सबैभन्दा धनी व्यक्तिको सूचीमा ११ औँ झरेका छन्। उनी एसिया र भारतका दोस्रो धनी व्यक्ति बनेका छन्। उनको कुल नेटवर्थ ९९ बिलियन डलर रहेको अनुमान गरिएको छ।

यो वर्ष अहिलेसम्म अम्बानीको कुल सम्पत्ति ९.०३ बिलियन डलरले बढेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img