काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुद्दा हालेर अदालतबाट परमादेशी सरकार बनेर ‘उधुम’ भएको टिप्पणी गरेका छन् ।
नेकपा एमालेको जनसंगठन राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवाधिकार एलाइन्स)को पाँचौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गदै ओलीले मुद्दा जितेसी सरकार ल्याउने भनेपछि डेमोक्रेसी किन चाहियो भन्दै प्रश्न गरे ।
उनले सम्बोधनको क्रममा भने, ‘परमादेशी सरकार । जनतामा जान नसकेर, अरू हिसाबले हुन नसकेर । पार्लियामेन्ट हो, सरकार परिवर्तन गर्ने थलो । अदालतबाट होइन । मुद्दा जितेसी सरकार ल्याउने भनेपछि डेमोक्रेसी किन चाहियो ।’
मुद्दा जितेर सरकार पाउने भएपछि सीमानाको झगडाभन्दा पनि सानो जस्तो भएको टिप्पणी गर्दै ओलीले भने, ‘मुद्दा जितेर सरकार पाउने भएपछि सीमानाको झगडाभन्दा पनि सानोजस्तो ।
मुद्दा हाल्न गएर त्यहाँबाट जितेर सरकार ल्याएर उधुम । जे होस् हुमन राइटका इस्यु यस्ता कुराले कसरी अघि बढ्छन् हामीलाई थाहा छ ।’