20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

मुस्कानलाई साहसी महिला पुरस्कार

spot_img

काठमाडौं, फागुन २२ । दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

एसिड आक्रमण अन्त्यका लागि मुस्कानबाट भएको साहसिक प्रयासको प्रशंसा गर्दै पुरस्कार प्रदान गर्न लागिएको दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिंकनले मार्च ८ मा भर्चुअल कार्यक्रमबीच सो पुरस्कार प्रदान गर्ने नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जनाएका छन्। दूतावासले यो पुरस्कारका लागि खातुन छनोट भएकोमा खुसी व्यक्त गरेको छ।

आफूले पुरस्कार पाउने घोषणा भएपछि मुस्कान खातुनको परिवारमा शुक्रबार दिनभरि बधाई दिनेको घुइँचो लाग्यो। मिडिया, मिस नेपाल शृंखला खतिवडा, आफन्तलगायतले बधाई दिएको खातुनले बताइन्। आफूले कहिल्यै नसोचेको अन्तर्राष्ट्रिय पुरस्कार पाइने भएपछि आश्चर्यमा परेको प्रतिक्रिया उनले दिइन्। ‘मैले केही काम गरेकी थिएँ तर अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाइहाल्छु भन्ने लागेको थिएन,’ उनले शुक्रबार साँझ नागरिकसित भनिन्।

डेढ वर्षअघि वीरगन्जको गणेश चोकमा स्कुल जाने क्रममा बिहान ६ बजे खातुनमाथि दुई पुरुषले एसिड आक्रमण गरेका थिए। आक्रमणपछि उपचारका क्रममा काठमाडौं आएको खातुन परिवार कलंकीमा बस्दै आएको छ। मुस्कान कलंकीको ब्राइट फ्युचर स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।

उनले डाक्टर बन्ने सपना देखेकी थिइन्। तर एसिड आक्रमणपछि आफ्नो सपना फेरिएको खातुनले बताइन्। अहिले कतै महिलामाथि हिंसा भएको सुनियो कि उनी घटनास्थलमै पुग्छिन्, हिंसापीडित महिलाको भिडियो बनाउँछिन् र सामाजिक सञ्जालमा राख्छिन्। जीवनमा आइपरेका अप्रिय घटना बिर्सेर मात्र अघि बढ्न सकिन्छ भन्ने अनुभव उनको छ। आफू आक्रमणमा परेपछि घटनालाई बिर्सेर अघि बढेको उनले बताइन्। नागरिक दैनिकबाट

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img