14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

मेलम्ची मुहानको मर्मत ८० प्रतिशत सम्पन्न, चैतभित्र पानी ल्याइने

spot_img

काठमाडौं, २०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ८० प्रतिशत सम्पन्न भएको छ ।

चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी ल्याउने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ८० प्रतिशत काम सकिएको जनाएको छ ।

अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समेत पन्तले जानकारी दिए ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ । बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी थालिएको उनको भनाइ थियो ।

मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैतसम्म पानी आउने समितिले जनाएको छ । गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ ।

आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img