13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

spot_img

मुग्लिन, चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img