Sarokar News

Best News Forever

१ नम्बर प्रदेश मुख्य समाचार समाचार

मोरङको रतुवामाई नगरपालिकाबाट लागुऔषध सहित २ जना पक्राउ

उर्लाबारी।   मोरङको रतुवामाई नगरपालिका–४ पैयामारीबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ साईकलमा सवार रहेका मोरङ रतुवामाई नगरपालिका–७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका–७ बस्ने २२ बर्षीय युगल लिम्बुलाई चेकजाँच गर्ने क्रममा निषेधित लागुऔषध नाईट्राभेट एक सय ६५ ट्याब्लेट र ट्रामाडोल २ सय ४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *