14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

मोरङमा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

spot_img

काठमाडौं– मोरङमा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कार पछि हत्या भएको छ। डेढ वर्षीया बालिकालाई घरबाटै उठाएर लगेर दुई युवकले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

बालिका बलात्कार र हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरी छन्।

उनीहरुले गाँजा खाएर बालिकालाई बलात्कार गरी हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता तथा डीएसपी मन्जिल मुकारुङले जानकारी दिए।

फागुन २७ गते दिउँसो बेलबारी–८ स्थित आफ्नै घरमा खेलदै गर्दा बालिका हराएकी थिइन्। सोही दिन साढे ६ बजेतिर सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरमा वनमारी घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन्।

सुरुवाल खुल्लै रहेको, टाउकाको दाँया बााँया सुनिएको, योनीबाट रगत बगेको अवस्थामा भेटिएकी बालिकाको उपचारका लागि नोबेल अस्पताल पठाइएको थियो। उपचारको क्रममा सोही राति साढे १२ बजे उनको मृत्यु भएको थियो।

उक्त घटनाको अनुसन्धान गर्दा प्रहरीले बालिकाको बलात्कार गरी हत्या गरेको खुलेको हो। फागुन २७ गते साँझ अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा उनका दाई मिथुनबीच भेटघाट भएको थियो।

त्यसपछि उनीहरु केरा बगानमा गई गाँजा खाएका थिए। गाँजा खाइसकेपछि अजयले नै घरमा खेल्दै गरेकी बालिकालाई एक्लै देखेपछि लिएर आएका थिए।

त्यसपछि वनमारा झाडीमा ल्याई करणी गर्न थाल्दा बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल र ढुंगाले हानी करणी गरेको बयानले उनले प्रहरीसमक्ष दिएका छन्। अजयपछि मिथुनले समेत बालिकालाई करणी गरेका थिए।

- Advertisement -

प्रमाण लुकाउने उद्देश्यले बोतल र ढुंगा त्यहाँबाट फालेको उनले प्रहरीलाई बताएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img