12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

spot_img

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीसँग प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५–० को जीत निकाल्दै सीटीले अन्तिम आठको यात्रा तय गरेको हो।

सीटीले पहिलो लेगमा ५–० को अवे जीत निकालेको थियो । इतिहाद स्टेडियममा सीटीले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल भने गर्न सकेन्।

खेलको ४७औं मिनेटमा गाब्रियल जेससले गोल गरेपनि भिएआरले मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुक्यो ।

जिनचेन्कोको क्रसमा रियाद महारेजको प्रयास ब्लक हुँदा जेससले जाली चुमाएपनि उनी अफसाइड ठहरिए।

त्यसपछि स्पोर्टिङले सीटीको तुलनामा केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img