13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

युक्रेनलाई सयभन्दा धेरै घातक ड्रोन प्रदान गर्दै अमेरिका

spot_img

एजेन्सी, अमेरिकाले युक्रेनलाई १ सयभन्दा धेरै घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको प्रतिकारको लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो।

अमेरिकी समाचार एजेन्सी एपीले दिएको जानकारीअनुसार निश्चित विन्दुमा निशाना लगाएर प्रहार गर्नको लागि यस्ता ड्रोन निकै उपयोगी हुन्छन्।

समाचारमा उल्लेख गरिएअनुसार अहिले अमेरिकाले दिन लागेको ड्रोनले एक माइलभन्दा पनि टाढाको दुरीबाट प्रहार गर्न सक्छन्।

समाचारमा उल्लेख गरिएअनुसार स्विचेबल ड्रोनहरु एकपटक मात्र प्रयोग गर्न मिल्छ।

मूल्यको हिसाबमा भने यस्ता ड्रोन अन्य मिसाइलभन्दा सस्तो हुन्छ। यी सबै ड्रोनको समग्र मूख्य ६ हजार डलरभन्दा पनि कम रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यो मोडलका ड्रोन नेटोमा आबद्ध केही युरोपेली मुलुकमा रहेकाले उक्त मुलुकबाट ड्रोनहरु युक्रेन पठाइनेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img