13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

युक्रेन भ्रमणमा उच्चस्तरीय अधिकारी पठाउँदै अमेरिका

spot_img

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च स्तरीय अधिकारी पठाउने तयारी भइरहेको बताएका छन्।

उनले त्यो उच्चस्तरीय अधिकारी आफैं पनि हुन सक्ने बताएका छन्। यद्यपि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने युक्रेनमा उच्च स्तरीय अधिकारी पठाउने कुनै योजना नरहेको उल्लेख गरेको छ।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनको छिमेकी मुलुक पोल्याण्ड भ्रमण गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड औस्टिन युक्रेनको भ्रमणमा जान सक्ने सम्भावना छ।

युरोपका धेरै नेता रुसले आक्रमण सुरु गरेपछि पनि युक्रेन भ्रमणमा गइसकेका छन्। गत साता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि युक्रेनको भ्रमण गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img