14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

युक्रेन- रुस युद्धमा अस्पतालमा भएको बम हमलाको सर्वत्र निन्दा

spot_img

एजेन्सी, युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई युद्ध अपराध भनेका छन् ।

रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको जेलेन्स्कीले बताएका छन् ।

हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ । राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’ बताएका छन् ।

सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको रुसी फौजले मारिओपोलमा निशाना बनाएको थियो । यसैबीच, शान्ति वार्ताका लागि युक्रेन र रुसी विदेशमन्त्री टर्की पुगेका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img