12.7 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

युभेन्टसलाई हराउँदै भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

spot_img

एजेन्सी, भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ मा युभेन्टसलाई समग्रमा ४–१ गोल अन्तरले हराउँदै भिलारियलले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

अन्तिम १६ को पहिलो लेगमा १–१ को बराबरी खेले पनि बुधबार राति भएको दोस्रो लेगमा भिलारियल ३–० ले विजयी भएको हो। बुधबारको खेलमा ७८ औं मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल हुन सकेको थिएन।

यद्यपि त्यसपछि भिलारियलले २ ओटा पेनाल्टीको अवसर पायो। त्यस्तै पाउ टोरेसले एक गोल गरे। युभेन्टसले भने कुनै गोल गर्न सकेन। यससँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img