13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

युवती मृत्यु प्रकरणमा चौकी घेराउ गरेको समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

spot_img

बुटवल- रूपन्देही तिलोत्तमाकी २९ बर्षिय अमृता टण्डन खत्रीको मृत्युमा आफन्तले गरेको प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि पनि हातपात गरेको छ।

शुक्रबार दिनभर ईलाका प्रहरी कार्यालय बुटवलमा न्यायको माग गर्दै पीडित पक्षले नाराबाजी गर्दा प्रहरीसँग केहिबेर झडप समेत भएको थियो।

झडपका क्रममा रिपोर्टिङमा गएका पत्रकार शरण कर्माचार्य, दिनेश श्रेष्ठ, डिबि सुस्लिङ, सन्तकुमार श्रेष्ठ सहितका पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार भएको छ। प्रहरीले लाठी प्रहार गर्दा मृतक टण्डनका आफन्त समेत घाइते भएका छन्।

न्याय माग गर्दै प्रदर्शनमा उत्रेका नागरिकका बिषयमा रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि समेत हातपात र दुर्व्यवहार भएपछि प्रहरीको आलोचना भएको छ।

पत्रकार आक्रमणको नेपाल पत्रकार महासंघ लुम्बिनि प्रदेश र रुपन्देही शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर पत्रकार चिन्दिन भन्दै प्रहरीले गरेको हातपात र दुर्व्यवहार खेदजनक भएको बताएका छन्।

साथै महासंघ रुपन्देहीले पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुर्व्यहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ। ।

त्यसैगरी प्रेस युनियन रूपन्देही, प्रेस चौतारी नेपाल रूपन्देही, समाजवादी प्रेस संगठन नेपाल रूपन्देही, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले पनि विज्ञप्ति प्रकाशित गर्दै घटनाको भर्त्सना गरेका छन्।

- Advertisement -

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीय बासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए ।

प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img