13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

रवी सिंह बने दास्रो कार्याकालका लागि निर्माण व्यवसायी महासंघको अध्यक्ष

spot_img

काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन रवी सिंह निर्वाचित भएका छन्। ११ सय ८१ मत खसेकोमा सिंहले ९ सय मत गणना गर्दा नै आवश्यक मत प्राप्त गरेपछि उनी विजयी भएका हुन्।

उनले अध्यक्षका प्रत्यासी निकोलश पान्डेलाई फराकिलो मत सहित पराजित गरेका छन्। नौ सय मत गणना हुदा सिंहले ५६६ मत लिएका छन् भने पाण्डेले जम्मा २७० मत लिएका छन्।

अर्का उम्मेद्वार हुमनाथ कोइरालाले २६ मत मात्रै प्राप्त गरेका छन्। आवश्यक मतको हिसाबले उनी विजयी भइसकेपनि आधिकारिक घोषणा भने गरिएको छैन्।

कांँग्रेसले आधिकारिक प्यानल नै पाण्डेको भनेपछि उनले आफ्नो टिम घोषणा गरेका थिए। महासंघमा प्रभुत्व राख्ने पूर्व अध्यक्षहरु जयराम लामिछाने, जिपछिरिङ् लामा, कान्छा तामाङ्लगायतले पाण्डेलाई साथ दिएका थिए।

उनले साना व्यवसायीको हितमा आफ्ना काम केन्द्रित भएको कारण पनि आफूलाई सहयोग पुगेको बताएका छन्।

उनले पछिल्लो पटक संशोधित खरिद नियमावली ठूला व्यवसायीले मात्रै काम अगटेर राख्ने प्रवृत्ति अन्त्य गरेको भन्दै कार्यन्वयनमा दबाब दिन आफ्नो उम्मेदवारी भएको बताएका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img