13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

राजेश हमाल काठमाडौं महानगरपालिकाको मेयर बन्ने !

spot_img

काठमाडौ, सुपरस्टार राजेश हमाल चार वर्षयता ठूलो पर्दामा आउन छाडेका छन् । तर, अहिले पनि उनी म्युजिक भिडिओमा व्यस्त करिअरको छन्।

अहिले उनी विभिन्न स्टेज कार्यक्रम, ब्रान्ड इन्डोर्समेन्ट, उद्घाटन, म्यूजिक भिडियो, टेलिभिजन शोमा व्यस्त छन्।

चार वर्ष मौन रहेपछि यो वर्ष उनले‘सत्यम्’ साइन गरेका थिए। तर, कोरोना महामारीका कारण फिल्म छायाँकन नै भएन। फिल्म खेल्न नपाएपछि उनी अहिले म्यूजिक भिडियोमा रमाएका छन्।

नेपाली फिल्मका अधिकांश कलाकार युट्युब च्यानल खोलेर व्यस्त भइरहँदा राजेशले बल्ल एकाउन्ट खोलेका छन्।

हमालले पनि युट्युबमा डेब्यू गर्दै भ्लगका रुपमा आफ्ना गतिविधि दर्शकमाझ पस्किने भएका छन्। उनले राजेश हमाल अफिसियल’ यूट्युब च्यानल खोलेका छन्

बुधवार हमालले युट्युबमा एउटा भ्लगको ट्रेलर अपलोड गरेका छन्। त्यसमा उनले काठमाडौंलाई सुन्दर बनाउने कुरामा कसैको ध्यान जान नसकेकोमा चिन्ता जनाएका छन्।

‘एकचोटी काठमाडौं शहरको मेयर बन्नु पर्छ कि क्या हो ? ’ उनले भनेका छन्। हमालले आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा जानकारीमुलक एक ‘टक शो’ पनि चलाउने बताएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img