13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्ने अध्यक्ष राजेन्द्रकाे चेतावनी

spot_img

बर्दिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् ।

बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने उल्लेख गर्दै उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिस्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौै ।’

राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

‘राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन । द्वन्द्व र मुठभेड तर्फ मुलुकलाई नधेकल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु’,

सभामा उनले भने, ‘देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिह्न ‘हलो’ मै भोट हाल्न पाउनुहुनेछ ।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img