काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन्।
मंगलबार जिल्ला अध्यक्षहरु सँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने विचार भएको उल्लेख गर्दै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताए।
अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोुले सामाजिक सद्भाव खल्बलिने चिन्ता समेत व्यक्त गरे। भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्नेतर्फ कसैको चासो नदिएको भन्दै थापाले आक्रोश व्यक्त गरे।
थापाले राप्रपा नेपाललाई कांग्रेस, कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने दाबी गसमेत गरे। आर्थिक क्रान्तिको बिषय कसैको प्राथमिकतामा नपरेको, राजनीतिक अजेन्डामा मात्र सबै अलमलिएको थापाको टिप्पणी छ।
बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्बाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा आ(आफ्नो प्रस्तुति दिएका थिए।
बैठकमा ४५ जिल्ला कार्यसमितिका अध्यक्ष एवम् केन्द्रीय पदाधिकारीहरुको सहभागीता रहेको राप्रपा नेपालले जनाएको छ।