10.2 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटे साउदी विदेशमन्त्रीले

spot_img

काठमाडौ, नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा नेपाल -साउदी अरेबिया द्विपक्षीय सम्बन्ध विस्तारबारे कुराकानी भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति भण्डारीले दुई देशबीच रहिआएको सम्बन्ध अझै विस्तार गर्नुपर्नेमा जोड दिएकी थिइन्। ‘शिष्टाचार भेट भएको हो। द्विपक्षीय सम्बन्ध सुदृढ गर्नेबारे कुराकानी भए’ ढकालले भने।

उच्चस्तरीय भेटहरुमा नेपाल(साउदी अरेबिया द्विपक्षीय सहकार्यका विविध पक्षबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र साउदीबीच कुटनीतिक सम्बन्ध बनेको ४५ वर्ष पूरा भएको छ। आजकै दिन सन् १९७८ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई साउदी अरेबियाले दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए।

साउदीका विदेशमन्त्री फैजलले नेपालका श्रमिकले साउदीको विकासमा दिएको योगदानका लागि धन्यवाद दिए। फैजलले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेट गरे।

भेटमा मन्त्री खड्काले साउदीमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीहरु सन्त बहादुर पुन र विवेक दाहाललाई आममाफी दिएर जीवन रक्षा गरिदिन साउदी विदेशमन्त्रीलाई आग्रह गरे।

- Advertisement -

उक्त भेटवार्तापछि दुई मन्त्रीले सहयोग अभिवृद्धि गर्नेसम्बन्धी जेनरल कोअपरेशन एग्रिमेन्टुमा हस्ताक्षर गरे। मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो।

नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ। साउदी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री खड्काले होटल म्यारिएटमा दिवाभोज दिएका छन्।

नेपालको औपचारिक भ्रमणका लागि २३ सदस्यीय टोलीको नेतृत्व गर्दै साउदीका राजकुमारसमेत रहेका विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौं आएका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img