Sarokar News

Best News Forever

१ नम्बर प्रदेश मुख्य समाचार राजनीति समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभापतीमा तिम्सिना

ईहटरी।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश एकको प्रदेश समिती गठन गरेको छ । ईहटरीमा भएको रा.स्व.पाको प्रदेश भेलाले राजेश तिम्सिनाको सभापतित्वमा २६ सदस्सीय प्रदेश समिती गठन गरेको हो । समितीको उपसभापतीमा कल्पना थापा बस्नेत चयन भएकी छन् ।

त्यस्तै सचिवमा सुभेस नेपाल र कोषाध्यक्षमा ओम भण्डारी चयन भएका छन् । २६ सदस्सीय समितीमा झापाबाट एक महिला, १ मुस्लिम र एक अपाङगता भएका व्यक्तिसहित ७ जना रहेका छन् ।

पार्टी सभापती रबि लामिछानेको उपस्थितीमा भएको भेलामा गठन हुन बाँकी जिल्लाको समितीपनि बिस्तार भएको सो पार्टीका झापा जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए ।

पार्टी स्थापना लगत्तै संगठन विस्तारलाई तिब्रता दिएको स्वतन्त्र पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान सुरु गर्ने जनाएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा एकल प्रतिस्पर्धामा उत्रने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी रणनिती केहीदिनमै सार्वजनिक गर्ने समेत जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *