एजेन्सी, रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाइ आधार ध्वस्त भएको स्थानीय मेयरको भनाइ उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् ।
रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ । अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ ।
हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन् ।