Sarokar News

Best News Forever

खेलकुद

रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको रोमाञ्चक जीत

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जीत निकालेको छ । घरेलु टोली युनाइटेडले नर्विच सिटीविरुद्ध ३-२ को जीत निकालेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । नर्विचका लागि किरन डोवेल र टिमु पुकीले एकरएक गोल फर्काए ।

खेलको सातौं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

पहिलो हाफको थप गरिएको समयमा डोवेलले गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए । ५२ औं मिनेटमा पुकीले पाहुना टोलीलाई २-२ को बराबरीमा ल्याए ।

७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए । यो रोनाल्डोको करिअरको ६० औं ह्याट्रिक हो ।

जितसँगै ३२ खेलमा ५४ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा रहँदा पराजित नर्विच समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा ब्राइटनले टोटेनहम तथा साउथह्यामटनले आर्सनलमाथि समान १-० को जीत हात पार्दा ब्रेन्टफोर्डले वाटफोर्डलाई २-१ ले हरायो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *